newskoseli.Com

ओलीविरुद्धको हस्ताक्षर अभियान, अन्ततः रोकियो यसरी…

नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि बुधबार अपराह्न ५ बजे नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार करिव दुई घन्टा कुराकानी भएको थियो । महासचिव विष्णु पौडेलसहितका शीर्ष नेताको संवादपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यादेश प्रकरणबाट विवाद तन्कँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला सुरु गरेपछि प्रचण्ड र नेपालकै जानकारीमा निकट नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलगायतका नेताले पनि सांसदहरूलाई संगठित गर्ने तयारी थालेका थिए । तर, त्यस्तो अभियानले पार्टी फुटकै दिशामा जान सक्ने भन्दै मंगलबारको संवादपछि त्यस्तो तयारी रोकेर अन्ततः बैठक बोलाउन ओली र प्रचण्ड सहमत भएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर