newskoseli.Com

‘अब तपाईंबाट सरकारको नेतृत्व असम्भव’ : ओलीसँग नेताहरुकाे भनाइ

बुधबार साँझ बसेको सत्ताधारी नेकपाको सचिवालय बैठकको सुरुमै प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना धारणा राख्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे । केन्द्रीय समितिको बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा प्रचण्डले राखे ।

सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो– ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैंको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे । ‘हेर्नुस्, सुन्दा नमिठो लाग्ला । प्रधानमन्त्रीका रूपमा तपाईंको प्रतिष्ठा घटेको छ । तपाईं त होइन भन्नुहोला, सरकारको पनि प्रतिष्ठा कहाँ पुग्यो कहाँ । अब सरकारको नेतृत्वको निरन्तरता तपाईंबाट सम्भव नै छैन । तपाईं सक्नुहुन्न । पार्टी, जनता र सबै परिवेश बुझेर राजीनामा दिँदा नै तपाईंको, पार्टीको र देशको पनि हित हुन्छ’– नेता नेपालको भनाइ थियो ।

वरिष्ठ नेता झलनाथ खनालले पनि स्थायी समितिको बैठक बसेर प्रधानमन्त्रीको राजीनामाको प्रसंग टुंग्याउनुपर्ने बताए । ‘अब राजीनामा दिनुको विकल्प छैन, स्थायी कमिटीबाट निर्णय गरौं’– खनालको भनाइ थियो । अर्का नेता रामबहादुर थापा ‘बादल’ ले भने सरकारका कमीकमजोरी भए सच्चाउन सकिने तर प्रधानमन्त्रीले अहिले राजीनामा दिनु नहुने अडान राखेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर