newskoseli.Com

संसारकै सबभन्दा लामो झोलुङ्गे पुल लकडाउनभित्रै बन्यो नेपालमा

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम लकडाउनकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल ५ सय ६७ मिटर लम्बाइको छ ।

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माणस्थललाई पूर्णरूपमा बन्द गरेर यो पुलको काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्णरूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको थियो ।

रङ्गीचङ्गी बत्ती जडान गरिने उक्त पुल वि.सं. २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानीरबीएलटीरहिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री पहिले नै राखिएको र कामदार समेत रहेकाले लकडाउनका बेला पनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकामा हस्तान्तरण भने लकडाउनकै कारण रोकिएको खड्काले बताए ।

बागलुङ नगरपालिका– १, बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका– १, पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिव ९ करोड २५ लाख रुपियाँमा सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर