newskoseli.Com

ओलीलाई वामदेवको जवाफ : ‘पहिले तपाईं राजीनामा गर्नुहोस्, अरु निर्णय पार्टीले नै गर्छ’

फाइल तस्बिर

बुधबार साँझ बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिन अधिकांश नेताहरुले खड्गप्रसाद ओलीसँग आग्रह गरे । त्यसको काउन्टरमा ओलीले चाहिँ कोरोना सकिएपछि आफूले राजीनामा दिने र वामदेव गौतमलाई प्रधानमन्त्री तथा माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरे ।

आफ्नो पालामा बोल्ने क्रममा उपाध्यक्ष वामदेव गौतमले चाहिँ आफूलाई प्रधानमन्त्रीका लागि गरेको अफरभित्रको मनसाय के हो भन्ने बुझ्न खोजे । उनले पहिले ओलीले राजीनामा दिनपुर्ने, त्यसपछि प्रधानमन्त्री को, कसरी बन्छ भन्ने स्पष्ट हुने धारणा राखे । ‘पहिले तपाईं राजीनामा गर्नुहोस् अनि को, कसरी प्रधानमन्त्री बन्छ भन्ने पार्टी कमिटीले निर्णय गर्छ’– गौतमले भने ।

आफूलाई प्रधानमन्त्री बनाउने हो भने यही बैठकबाट निर्णय गर्न उनले चुनौती दिएको स्रोतले बताएको खबर दुर्गा खनालबिनु सुवेदीकाे बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

थप याे पनि पढ्नाेस्–
‘प्रचण्डलाई एक्ल्याउने ओलीको दाऊ’ : होला त सफल ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर