newskoseli.Com

लकडाउन ‘खुकुलो’ पारिँदै : बन्यो यस्तो कार्ययोजना

लकडाउनलाई खुकुलो पार्ने र क्रमशः खुला गर्ने उद्देश्यसहित सरकारले ‘कोभिड– १९ बहिर्गमन रणनीति’ तयार पारेको छ । कोभिड– १९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्था समेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई ‘खुकुलो’ बनाउने तयारी गरिएको हो । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रीन जोन), पहेंलो क्षेत्र (यल्लो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ ।

ग्रीन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । त्यसैगरी, संक्रमण नियन्त्रणउन्मूख रहेका जिल्ला र क्षेत्रलाई यल्लो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिने खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर