newskoseli.Com

‘पासवाला’ लाई पनि उपत्यका छिर्न बन्देज

पास भएका सवारी साधनलाई समेत सरकारले उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै लकडाउन उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।

अब उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक पास भएर पनि प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारदेखि पास भएकालाई समेत अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो ।

बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेहरुले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको खबर टेनिस रोकाको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर