newskoseli.Com

उपत्यकामै संक्रमण फैलन सक्नेप्रति किन बेवास्ता ?

उपत्यकाका तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान र पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च भएको पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।

विभिन्न संघ–संस्थाले सुरक्षा उपकरण र पर्याप्त सावधानी अबलम्बन नगरी खाना वितरण गरेको, ठूला तरकारी बजारमा भीडभाड भएको तथा सुरक्षा प्रोटोकल अबलम्बन नगरिएको, पुरानो बसपार्क, वसन्तपुर, तिलगंगालगायतका क्षेत्रमा दुरी कायम नगरी सयौं मानिस बसिरहेको अवस्था छ ।

गरिब, विपन्नलगायतलाई संघ–संस्थाले वितरण गर्ने खानामा सुरक्षा संवेदनशीलता अवस्थाबारे जिल्ला प्रशासन कार्यालयले बिहीबार निरीक्षण गरेपछि केही ठाउँमा लापरबाही गरेको पाइएको जनाएको खबर भवनाथ प्याकुरेलको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर