newskoseli.Com

‘सरकारको विरोध हुन्छ’ भन्दै करोडौंका उपकरण किन्ने निर्णय नै गोप्य !

नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सात वटा वाटर क्यानल हुँदाहुँदै सरकारले थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँच वटा खरिद गर्ने भएको छ ।

मन्त्रिपरिषदको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामग्रीबारे बताएका छैनन् ।

‘हाल आवश्यक नरहेका सामग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुन सक्ने भन्दै गोप्य राखिएको हो’– गृह मन्त्रालय स्रोतले भनेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर