कोरोनाभाइरस (कोभिड– १९) का कारण सरकारले गरेको लकडाउनका कारण नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने जनकौतुहलता पूरा हुन सकेन ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो । विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो ।
सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो । तर, लकडाउनका कारण सबै काम रोकिएको छ भने नारायणहिटी सङ्ग्रहालय र श्रीसदन बन्द छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यको यही त्रिभुवन सदनमा नरसंहार भएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।