newskoseli.Com

सुगौली सन्धिपछिको नक्सामा लिम्पियाधुरा नेपालमै : किन समेटेन नापी विभागले ?

सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ । सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट देखाइएको छ ।

यद्यपि २०३२ सालमा नापी विभागले प्रकाशन गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा किन समेटिएन ? नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार नक्सा तयार पार्ने क्रममा कालापानी क्षेत्रको सीमामा द्विविधा देखियो– लिपुलेक र कालापानी मात्र राख्ने कि लिम्पियाधुरा समेत नक्सामा समेट्ने ?

उनका अनुसार लिम्पियाधुरा समेटिएको नक्सा पनि तयार पारियो । लिपुलेक र कालापानी मात्रै समेटिएको नक्सा पनि तयार पारी ‘माथिल्लो’ निकायमा प्रस्तुत गरियो । त्यो बेला ‘माथिल्लो’ निकायका रूपमा दरबारमा दुवै खालको नक्सा बुझाइएको सीमाविद् श्रेष्ठ स्मरण गर्छन् ।

प्राप्त आदेशअनुसार लिम्पियाधुराविनाको नेपालको नक्सा तयार पारी सार्वजनिक गरियो भन्ने उनको भनाइ रहेको खबर दीपक श्रेष्ठको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

थप याे पनि पढ्नुहाेस्–
के छ सुगौली सन्धि र सन् १९५० काे सन्धिमा ? पढ्नाेस् पूरा विवरण…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर