newskoseli.Com

सातामै थपिए १८३ : तीव्र हुँदै संक्रमण दर

एक साताको अवधिमा नेपालमा कोभिड– १९ को संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ जनामा संक्रमण पुष्टि भएको देखिएको छ ।

९ माघ, २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय ११ मा संक्रमण देखिएको थियो । यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमितको संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको छ ।

२९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र आइतबार (४जेठमा) थप १३ जनामा संक्रमण देखिएको छ । परीक्षणको दायरा फराकिलो भएसँगै संक्रमितको संख्या बढेको जनस्वास्थ्यविज्ञले बताएको खबर प्रशान्त वलीको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर