newskoseli.Com

सरकारद्वारा नयाँ नक्सा स्वीकृत : सरकारी कामकाजमा नयाँ नै प्रयोग हुने

भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल सरकारले पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले यो कदम चालेको हो ।

नेपाल–अंग्रेज युद्धपछि १८१६ मा भएको सुगौली सन्धिमा नेपालको सीमा काली नदीको मुहान अर्थात लिम्पियाधुरा हुने उल्लेख भए पनि त्यस क्षेत्रमा भारतले आधिपत्य जमाउँदै आएको थियो । सरकारले नयाँ नक्सा स्वीकृत गरेसँगै अब नेपालको निशान छाप, सरकारी कामकाज र विद्यालयलगायत सम्पूर्ण क्षेत्रमा भारतद्वारा अतिक्रमित भूमि र देशको संघीय स्वरुप समेटिएको अद्यावधिक नक्सा प्रयोग हुने भएको खबर टेनिस रोकाको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर