विश्वमहामारी कोरोनाविरुद्ध सूक्ष्म सावधानी नअपनाइएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमितको संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारी समेत थालेका छन् ।
उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुन सक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न’ गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको खबर भवनाथ प्याकुरेलको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।