newskoseli.Com

मृत्युको ३१ घन्टापछि शव व्यवस्थापन : अस्पतालकाे लापर्बाही र अन्तिम संस्कार गर्न नपाएको भन्दै परिवारको गुनासो

गुल्मीका ४१ वर्षिया कोरोना संक्रमित पुरुषको मृत्युको ३१ घन्टापछि शव व्यवस्थापन भएको छ । उनका परिवारजन र आफन्तले भने ‘अन्तिम संस्कार गर्न नदिइएको’ मा गुनासो गरेका छन् ।

शव व्यवस्थापनपछि अन्तिम संस्कारमा सहभाागी नबनाइएको भन्दै परिवारका सदस्यले आपत्ति जनाएका छन् । ‘दाइको शव उठाउन प्रहरीको टोली आयो, मैले हिन्दू संस्कारअनुसार गरौं भनें तर राज्यका सामु हाम्रो केही चलेन’– मृतकका भाइले भने । प्रहरीले शव लगेपछि शव बुझेको कागजमा आफूले हस्ताक्षर गरेको उनले बताए ।

‘कोरोना लागेको व्यक्तिलाई विद्युतीय शवदाहमा लैजानुपर्ने रहेछ, हाम्रोमा त्यस्तो नभएपछि गाडेछन्’ मृतकका भाइले भने– ‘तर गाड्ने भए पनि अन्तिम अवस्थामा हामीलाई टाढैबाट हेर्न दिनुपर्थ्यो ।’ जिउँदो दाइलाई अस्पताल ल्याएर नै गल्ती गरिएको भन्दै उनले निराशा व्यक्त गरे । उपचारमा १ लाख ८० हजार रूपैयाँ खर्च भए पनि दाइलाई घर लैजान नसकिएकामा उनले दुःख व्यक्त गरे ।

मृतकसँगै अस्पताल आएका तीन जनामा कोरोना नेगेटिभ देखिएपछि उनीहरु घर फर्कने तयारीमा छन् । घरमै पुगेर काजकिरिया गर्ने उनले बताए । गुल्मीको मदानेमा मृतक ती शिक्षकका बुबाआमा, तीन छोरा र श्रीमती छन् । मृतकको शव बुटवलको शिवनगर सामुदायिक वनभित्र गाडीएको छ । परिवारकै सहमतिमा शव व्यवस्थापन गरिएको शव व्यवस्थापनमा सहभागी भएका एक प्रहरी अधिकृतले बताए ।

‘कोरोनाबाट मृतक भएकाको शव व्यवस्थापनमा सबै व्यक्ति सहभागी हुनुभएन, उहाँहरुले भनेअनुसार नै हामीले शव व्यवस्थापन गरिदिएका हौं’– ती अधिकृतले भने । उपचारमा अस्पतालले लार्पबाही गरेको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उनका आफन्तले बताइरहेको खबर लक्ष्मण पोखरेलको बाइलाइनमा अन्नपूर्ण पोस्ट अनलाइनमा शनिबार प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर