newskoseli.Com

उपत्यकाका सयभन्दा बढी घरमा सिल (कहाँ कति ?)

कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएका छन् । दुवाकोटका ४, शंखधर चोकमा २, बेलुखेलका ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएका छन् ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा ३ र चुच्चेपाटीमा ४ वटा घर सिल गरिएको खबर शिवहरि घिमिरेको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर