भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा समेत अवरोध गरेको छ । केही साताअघि मात्रै उसले नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले विभिन्न बहाना गरेर नेपालमा उत्पादित चिया भारत प्रवेशका लागि अनुमति दिएका छैनन् ।
लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ । भारतीय भन्सारले चिया रोक्नुको स्पष्ट कारण भने नखुलाएको खबर पवन तिमिल्सिनाको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।