भारतीय ह्याकरले आइतबार नेपालको नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले साइटलाई पुनः आफ्नो नियन्त्रणमा भने ल्याएको थियो ।
भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धा चलेसँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।
इन्डियन साइबर ट्रँप्स नामको समूहले बाँकेस्थित वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गर्न खोजिरहेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।