newskoseli.Com

क्वारेन्टाइन व्यवस्थापनमा खटिरहेका वडा अध्यक्षको मृत्यु

फाइल तस्बिर

कृष्णपुर नगरपालिका– ७, कञ्चनपुरका वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । सोही वडाको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका ५८ वर्षीय वडा अध्यक्ष राना एक्कासि बेहोस भएका थिए । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न नसकेको बताउँदै उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायव निरीक्षक भीमसिंह धामीले बताए । मृतक रानाको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ ।

सुरुमा शवको पोस्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने तयारी भैइरहेको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताएको खबर भवानी ऐरको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर