newskoseli.Com

अझै निहुँ खोज्दै भारत : फेरि गर्‍यो अलैंची निर्यातमा अवरोध

चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैंची आयातमा पनि अवरोध गरेको छ । अलैंची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैंची निकासी ठप्प छ ।

कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैंची रोकेको हो । ‘चैत पहिलो सातादेखि अघोषितरुपमा हाम्रो अलैंची रोकिएको छ,’ अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने– ‘विभिन्न बहाना बनाएर पानीट्यांकीस्थित भारतीय भन्सारका अधिकारीले प्रवेश दिन मानिरहेका छैनन् ।’

उनका अनुसार भारतले अलैंची रोक्नुको कारण भने नखुलाएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर