newskoseli.Com

‘प्रेमी’ बाट धोका भाे भन्दै ‘नायिका’ ले गरिन् आत्महत्या

कन्नड ‘नायिका’ चन्दना गोडाले विष पिएर आत्महत्या गरेकी छन् । २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।

प्रेमीबाट धोका पाएपछि चन्दनाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन्, जसमा उनले ‘धोका दिएको’ आरोप प्रेमीमाथि लगाएकी छन् । आत्महत्या गर्नुअघि उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो पाएलगत्तै परिवारले ‘नायिका’ का छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भनेको थियो ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरे । समाचारअनुसार दिनेश नामका एक युवकसँग चन्दना केही वर्षदेखि ‘अफेयर’ मा थिइन् । ‘प्रेमी’ सँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेका थिए । प्रेमीको व्यवहारले उनी तनावमा थिइन् ।

आत्महत्या गर्नुअघिको उनको भिडियोमा नायिका चन्दनाले अर्की महिलासँग पनि दिनेशको ‘अफेयर’ भएको बताएकी छन् । दिनेशले दिएको ‘धोका’ सहन नसकेर आफूले ज्यान दिएको उनले बताएकी छन् । चन्दनाको आत्महत्यापछि उनका ‘प्रेमी’ फरार रहेको खबर अन्नपूर्ण पोस्ट अनलाइनले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर