newskoseli.Com

ज्यानै लिने क्वारेन्टाइन !

कोरोनाबाट जोगिन उनी गाउँ पुगे । बाहिरबाट गएका कारण उनलाई क्वारेन्टाइनमा राखियो । आफूमा संक्रमण भए पनि क्वारेन्टानमा उपचार पाउने उनको आशा थियो ।

तर, उनले न उपचार पाए न त राम्रो खानपान नै । भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टाइनमै ज्यान गयो । नगरपालिकाले वडा नम्बर ८, तलिउमस्थित एक स्कुलमा क्वारेन्टाइन बनाएको छ । आफन्तलाई संक्रमण हुने त्रास र आफ्नो ज्यान जोगाउने आशमा त्यहाँ बस्न रामसिंह सहमत भएका थिए । तर, जेठ २३ मा क्वारेन्टाइनमै उनको ज्यान गयो । बर्दियाबाट फर्कंदै गरेका उनी घर पुग्नै पाएनन् ।

कर्णालीमा क्वारेन्टाइनको व्यवस्थापन नहुँदा त्यहाँ बसेका व्यक्तिको ज्यानै जान थालेको छ । रोगबाट जोगाउन र सुरक्षित राख्न बनाइएका अधिकांश क्वारेन्टाइनले नै ‘मान्छे खान’ अर्थात् ज्यान लिन थालेका हुन् ।

कालिकोटमा पनि क्वारेन्टाइनबाट बिहीबार मात्रै घर पठाइएका नरहरिनाथ गाउँपालिका– १ का काले विष्टको बाटामै ज्यान गएको छ । उनी शुक्रबार बाटामै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए । क्वारेन्टाइनबाट उचित व्यवस्थान नगरी घर पठाइँदा उनले आँगन टेक्नै नपाएको खबर ललितबहादुर बुढाको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर