newskoseli.Com

तलबभत्ता सरकारकाे, कामचाहिँ पार्टीको !

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ ।

विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति सदस्यका रूपमा काम गर्दा पनि उनीमाथि कारबाही भएको छैन ।

तीन वर्षअघि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको सदस्यमा नियुक्त भएका उनलाई राप्रपाले २९ जेठमा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गर्दा पनि भण्डारीले पुनर्निर्माण प्राधिकरणबाट राजीनामा दिएका छैनन् । पार्टीको केन्द्रीय सदस्य बनेका उनी प्राधिकरणका विभिन्न बैठकमा सहभागी भइरहेका छन् ।

डा. भण्डारीलाई २९ जेठमा सम्पादन समिति सदस्यका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले पुष्टि गरे । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्राधिकरण कार्यकारी समितिका सदस्य डा. भण्डारीले भने आफू पार्टीमा नरहेको दाबी गरे । ‘म पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीमा भए पनि अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मात्र रहेको छु’– भण्डारीले भनेको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर