newskoseli.Com

चर्कंदो एमसीसी विवाद : दुई अध्यक्षबीच नै मतभिन्नता

एक वर्षदेखि चर्चा र विवादको उच्च स्थानमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नियमित काम समेत प्रभावित बनेको छ ।

संसदबाट एमसीसी पारित गराउने विषयमा सरकार एकातर्फ देखिएको छ भने सत्तारुढ दल नेकपा त्यसविपरीतको ध्रुवमा उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ तर सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ ।

नेकपाका अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहालबीचमै एमसीसीको विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिइरहँदा अर्का अध्यक्ष दाहाल भने संशोधन गरेर मात्र अनुमोदनका लागि अगाडि बढाउनुुपर्ने पक्षमा देखिएको खबर भवनाथ प्याकुरेलको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर