newskoseli.Com

पास लिएरै आए पनि १४ दिन क्वारेन्टाइन : अटेर गरे कारबाही

तपाईं सरकारले तोकेको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौं आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्‍याएर आउने तयारीमा हुनुहुन्छ ?

यसरी आउँदा समेत अब तपाईंले १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्नेछ । उपत्यका बाहिरबाट काठमाडौं आएर कोरोना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृह मन्त्रालयले १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिए मात्र अस्पताल आउन भनेको छ ।

गृह मन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकेको छ । पत्रमा निर्देशन नमान्नेहरुमाथि नियमानुसार आवश्यक कारबाही गर्न पनि आदेश दिइएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर