newskoseli.Com

प्रसूति इतिहासमै पहिलो रेकर्ड : १६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

नेपालको प्रसूति इतिहासमै पहिलो पटक १ सय ६८ किलोग्राम तौल भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छन् । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० मा कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौलग्राम तौल भएकी शिशुलाई जन्म दिएकी छन् ।

वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रिया गरी प्रसूति गराएकी थिइन् । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्मा नेतृत्वको चिकित्सकीय टोलीले करिव १ घन्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक वनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. शर्माले बताइन् । सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरुको भनाइ छ ।

गर्भाधानको सुरुआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको डा. शर्माले बताएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर