newskoseli.Com

बलात्कार मुद्दामा युवतीले नै बयान फेरेपछि…

बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले प्रतिवादी युवकलाई ती युवतीले नै क्षतिपूर्तिवापत ६३ हजार रुपैयाँ दिनुपर्ने र एक महिना कैद सजाय भोग्नुपर्ने फैसला सुनाएको छ ।

पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा उनीमाथि कैद र जरिवाना हुने फैसला जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गरेको हो । अदालतमा बयान दिने क्रममा १२ कक्षामा अध्ययनरत ती युवतीले युवकख्वारा आफूमाथि जबर्जस्ती करणीको उद्योग नै नगरेको र घटनास्थल भनिएको होटलमा आफूहरू नगएको भनी जाहेरी व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेकी थिइन् ।

सुरुमा आफूलाई प्रतिवादी युवकले बलात्कार गरेको भनी युवतीले किटानी जाहेरी दिएकी थिइन् । उनको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । बलात्कार भएको भनी प्रहरीमा दिएको बयान अदालतमा पुगेपछि ‘होइन’ भनी फेरेपछि युवतीले बयान फेरेकै आधारमा अदालतले उनलाई कैद सजाय सुनाएको हो ।

घटनास्थलमा गएको अवस्था पुष्टि भएको तर निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रतिवादीले आफूलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रका आधारमा प्रतिवादीलाई सफाइ दिइएको जिल्ला अदालतको फैसलामा उल्लेख छ । युवतीका साथमा गएका अन्य दुई जनाले भने जाहेरवाली र प्रतिवादी होटलको कोठामा गई लामो समयसम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनी अदालतमा बकपत्र गरेका थिए ।

आरोपित युवकले समेत आफूहरू होटलमा बसेको तर करणीको प्रयास नगरेको भनी बयान दिएको खबर नीराजन पौडेलको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर