newskoseli.Com

सलह खानु हुन्छ कि हुँदैन ? यस्ताे छ कीटविज्ञकाे सुझाव !

कोरोनाभाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलहलाई चाहिँ मिठो मानेर मानिसले भोजन गरेको चर्चा छ ।

विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कयौं भिडियो युट्युबमा भेटिन्छन् । नेपालमा यो खानु हुन्छ भन्ने एकथरी छन् भने खानु हुँदैन भन्ने मत राख्ने विज्ञ पनि छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।

के साँच्चै खानु हुन्छ त सलह ?

पछिल्लो समय सलह खरिद–बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खानु हुन्छ भन्नेले खान थालेका छन् । खानु हुन्न, कोरोनाजस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ डा. प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खानु हुने बताउँछन् ।

सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने एक प्रकारको आशङ्का मानिसमा छ तर त्यो कुराले महत्त्व नराख्ने उनी उल्लेख गर्छन् । ‘कहीं–कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ’– उनले भने । वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी उनले गरे ।

उनका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ । मानिसले खानु हुने–नहुने सुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने अर्का कीटविज्ञ सञ्जय विष्टले बताए । किसान र उद्यमीलाई आफूले त्यही सुझाएको जानकारी उनले दिएको खबर चाँदनी हमालको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर