newskoseli.Com

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ : सुरक्षाकर्मीको ‘उच्च सतर्कता’ !

प्रधानमन्त्री खड्ग ओलीमाथि ‘थ्रेट बढेको’ भन्दै सुरक्षा निकायले ‘सतर्कता’ अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले ‘सूक्ष्म सुरक्षा रणनीति’ अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन् ।

‘उहाँ (प्रधानमन्त्री) माथि थ्रेट देखेका छौं, उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’– सुरक्षा निकायका एक उच्च अधिकारीले भने । प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी–विदेशी शक्ति हावी भएको बताएका थिए । त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू कुनै शक्तिले नभई आफूले नै राजीनामा मागेको जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको ‘सुरक्षा थ्रेट’ महशुस गरी सुरक्षा निकायले योजना बनाइरहेका छन्, जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ । राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको खबर सुवास गोतामेको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर