newskoseli.Com

नेकपाभित्र चर्कंदो विवाद, चिनियाँ राजदूतको बढ्दो सक्रियता

सत्तारुढ नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् । राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन् ।

भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ । तर, के कुराकानी भए भन्नेबारे बताइएको छैन । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री खड्ग ओली अर्कोतिर भएर शक्ति–संघर्ष चर्किरहेको छ । ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए ।

ओली र दाहाल मिलन भए पनि कतै नेपालचाहिँ नमिल्ने पो हो कि भन्ने आशंका भइरहेका बेला यान्छी नेपाललाई भेट्न पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । यसअघि वैशाख १७ मा पनि प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि बढेको विवाद मिलाउन राजदूत यान्छीले भूमिका खेलेको आरोप लाग्दै आएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर