newskoseli.Com

प्रचण्डलाई ओलीको जवाफ : ‘तपाईंहरूका ४–५ जना बढी होलान्, तिनलाई तानिहाल्छु’

‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँच जना बढी होलान्, तिनलाई म तानिहाल्छु’– चितवन जानु अघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौं, मिलाएर लैजाऔं भन्दै अर्को पक्षका नेतासँग कुरा गर्न सक्रिय भए ।

बरु छिटो महाधिवेशन गर्ने भन्नेमा थियो पोखरेलको जोड । आफूले कुरा गरेका नेतालाई आश्वस्त पार्न प्रयास गर्दै उनले भने– ‘प्रधानमन्त्रीले संसद विघटन, पार्टी विभाजन, यस्ता केही पनि गर्नुहुन्न ।’ प्रचण्डसँगको अन्तिम भेटमा प्रधानमन्त्रीले भने झैं प्रदीप ज्ञवालीले पनि ‘अँगेनो लाउञ्ज’ मा भेला भएका स्थायी कमिटीका सदस्यमध्ये चार–पाँच जनासँग कुरा गरिसक्यौं भन्ने गरेका छन् ।

को होलान् त ती चार–पाँच जना स्थायी कमिटी सदस्य ? अर्को समूहले यसको खोजी गर्दा तथ्य फेला पारेन । बरु, केपीलाई साथ दिन्छन् कि भन्ने परेका टोपबहादुर रायमाझीले प्रष्ट पारेका छन्– ‘उता (केपीलाई) समर्थन गर्दिनँ, बरु बीचमा बस्छु ।’ अनि, प्रधानमन्त्रीसँग भेट गरेका कारण उतै साथ दिन्छन् कि भनिएका मणि थापाको असन्तुष्टि आफूलाई जिम्मेवारी दिएनन् भन्ने मात्रै हो । प्रचण्डलाई धोका नै दिन्छन् भन्नेमा त्यता विश्वास गरिएको छैन ।

र, प्रधानमन्त्रीको राजीनामाका पक्षमा आफ्नो कित्ता प्रस्ट पारिसकेका गृहमन्त्री बादल पनि केपीतिरै फर्किने अवस्था नरहेको विश्लेषण नेताबीच चलेको छ । अन्ततः प्रधानमन्त्रीले एउटा पदबाट मात्र हटेर पार्टी नफुटाउने लाइन लिने सम्भावना रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर