newskoseli.Com

संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर : न्यूनीकरणतर्फ कोरोनाको जोखिम

कोरोनाभाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज हुने दर दोब्बर हुन थालेपछि नेपालमा कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको आँकलन गरिएको छ ।

पछिल्ला दुई सातामा नयाँ २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा ५ हजार ४ सय ५० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । दुई सातामा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ । कूल संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् भने ३३.८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत रहेको खबर प्रशान्त वलीको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर