newskoseli.Com

जब क्याबिनेटमै प्रधानमन्त्री ‘परिबन्द’ मा परे : गललल्ल हाँसे मन्त्रीहरू !

अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री खड्ग ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपाका अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पुर्‍याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुख–मुखमा झुन्डिएको ‘परिबन्द’ शब्द प्रयोग गरे । अनि, सबै मन्त्री गललल्ल हाँसे ।

‘अहिले देशव्यापीरुपमा बाढी–पहिरोले प्राकृतिक विपद् मच्चिएको छ । यस्तो बेलामा सबै राजनीतिक दल, संघ–संस्थालाई त्यसतर्फ केन्द्रित हुन आह्वान गरौं’ भनेर प्रधानमन्त्रीले बैठक सुरु गरे । अरु दिनभन्दा अलिक बढी थकितजस्तो देखिएका उनले पहिले–पहिले विभिन्न मन्त्रीलाई उनीहरूले ल्याएका प्रस्तावबारे सोधखोज र टिप्पणी गर्थे । तर, सोमबार त्यस्तो केही भनेनन् ।

सुरुमा विपदबारे केही कुरा राखेपछि बैठक सीधै एजेन्डामा प्रवेश गर्‍यो । आ–आफ्ना एजेन्डा अगाडि आउँदा मन्त्रीहरूका कान ठाडो हुन्छन् र अर्काको एजेन्डामा खासै चासो हुँदैन । तर, सोमबारको बैठकको बीचमा एउटा यस्तो एजेन्डा आइदियो, जसले मन्त्रीहरूलाई ‘के हो र कसो हो’ भन्ने खालको जिज्ञाशा उत्पन्न गरायो । तर, मन्त्रिपरिषद बैठकको मर्यादा नै कस्तो हुन्छ भने प्रधानमन्त्रीलाई सोध्न नमिल्ने !

कुनै एउटा प्रस्ताव पास गर्नैपर्ने खालको थियो । यसमा सबै मन्त्रीको कान ठाडो भइसकेको थियो । तर, त्यस्तो प्रस्ताव उल्लेखित कागज पन्छाउँदै प्रधानमन्त्रीले भने– ‘यो राष्ट्रपतिकहाँ परिबन्दले लानैपर्ने भयो भनेजस्तो केही होइन ।’ उनले यति भनेपछि मुख्यसचिवसहित सबै मन्त्रीहरू एकै तालमा गललल्ल हाँसेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर