newskoseli.Com

उपत्यकामा बढ्यो कोरोना जोखिम : ‘समुदायमा फैलिए भयावह स्थिति’

काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले सबैमा आग्रह गरेको छ । साउन ७ देखि सरकारले लकडाउन खुलाएसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सरोकारवालाहरुलाई सीएमसीले आग्रह गरेको हो ।

यहाँका उद्योगधन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ । उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको काठमाडौं, सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का सल्लाहकार एवं काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले बताए ।

उपत्यकामा कोरोना समुदायमा फैलिए स्थिति भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने उनले बताए । प्रत्येक नाकाबाट दैनिकरूपमा उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्यरूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

लकडाउन खुलेसँगै उपत्यकामा सवारी साधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर