newskoseli.Com

फेरि मङ्सिरमा सर्‍यो मेलम्चीको भाखा !

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेशद्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । असार ३० मा एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ ।

यसकाकारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति गर्ने समय कम्तिमा पनि अरू दुई महिना ढिलो हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार असोजमा आउने भनिएको मेलम्चीको पानी अब कम्तिमा दुई महिना पर धकेलिएको छ । अकस्मात खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न समितिले सुझाव दिएको जानकारी खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले दिएका छन् ।

उनका अनुसार ‘नट–बोल्ट फेल’ भएर गेट खुल्यो । त्यसकारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर