newskoseli.Com

किन ह्वात्तै बढ्यो कोरोना सङ्क्रमण ?

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता प्रतिदिन १०० देखि २०० सम्म देखिने गरेको कोरोना सङ्क्रमण ह्वात्तै बढेर शनिबार ३०० भन्दा माथि पुगेको छ । शनिबार ३१५ जना सङ्क्रमित थपिएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ ।

स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आग्रह गरे । उनका अनुसार मास्कको प्रयोग नगर्ने प्रवृत्तिले पनि कोरोना बढ्ने हुँदा सतर्क हुनु जरुरी छ । शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सरेको जानकारी गौतमले दिए । सिंहदरबारभित्र पनि मास्क नलगाउने गरिएको भन्दै कतिपयले मास्क खोलेर भीडभाडमा कुराकानी गर्ने गरेकाले पनि जोखिम बढाएको उनले बताए ।

‘जोर–बिजोर प्रणाली लागू गरिए पनि वा लकडाउन गरिए पनि व्यक्तिगतरूपमा सुरक्षा अपनाउन सकिएन भने कोरोनाभाइरस सर्न सक्छ,’ प्रवक्ता डा. गौतमले भने– ‘चिनजानका साथीसँंग बोलेको हो, भेटेको हो भन्दैमा मास्क नलगाउने र सुरक्षा नअपनाउने हो भने कोरोना फैलन सक्छ ।’ पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको खबर सरोज ढुुङ्गेलको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर