newskoseli.Com

आँखाका नानी सङ्कलित भए तर प्रयोग हुन सकेनन् !

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणपछि सरकारले लगाएको लकडाउनको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् । तर, प्रत्यारोपण गर्न माग भएका स्थानमा पुर्‍याउन यातायातको असुविधाले सम्भव हुन नसक्दा सङ्कलन भएका नानी प्रयोग हुन सकेका छैनन् ।

नेपाल आँखा बैङ्क तिलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तिलगङ्गामै आएका दृष्टिविहीनमा भने नानी प्रत्यारोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उनका अनुसार लकडाउनका बेला पनि शवबाट महिनामा १२ वटा जति नानी सङ्कलन भए ।

उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय शवदाह गृह र आर्यघाटको चितामा आएका शवबाट नानी सङ्कलन हुने गरेको छ । आर्यघाटमा शवदाह गर्ने मजदुर चन्द्र ढकालका अनुसार शव जलाउने सबै मजदुरले शव जलाउनुअघि नानी दान दिन मलामीलाई आग्रह गर्दै आएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर