newskoseli.Com

४० प्रतिशत संक्रमित कहीं–कतै यात्रा नै नगरेका !

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना महामारीको जोखिम बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको विदेशतिर वा उपत्यकाबाहिर कतै गएको यात्रा विवरण देखिँदैन ।

सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र वस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको उनको भनाइ छ ।

पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीं–कतै नगएको उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । लकडाउन हटेसँगै बढेको असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको सुरक्षा अधिकारीहरूको बुझाइ रहेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर