newskoseli.Com

तीव्र गतिमा फैलँदै काठमाडौंमा कोरोना !

लकडाउनको अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपले बढेदै गएको देखिएको छ । मंगलबार मात्रै उपत्यकामा १३४ संक्रमित थपिएका छन् । पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजेटिभ देखिएको हो ।

यतिबेला काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ, यस अवस्थामा बढ्दा अस्पतालहरुमा बेडकै अभावको स्थिति पनि छ’– मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने । उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीजस्ता केही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् ।

साउन ६ मा लकडाउन अन्त्य गरिँदा संक्रमितको कूल संख्या १७ हजार ९ सय ९४ थियो, अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ । जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णय गरिएपछि राजधानी आउने संख्या बढेको थियो । असार २७ देखि साउन १२ सम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए ।

लकडाउन अन्त्यसँगै उपत्यकामा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटी पार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण देखिएको छ । ‘जनप्रतिनिधि’ पनि संक्रमित हुन थालेको पाइएको खबर दिनेश गौतमको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर