newskoseli.Com

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान !

परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल ‘फेसबुक’ बाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पाको रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो । चितवनको कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटक–पटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए ।

हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन् । फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्य प्रकट गरे– एउटी महिला कसरी पासविक हत्यामा उत्रन सक्छिन् भनेर ।

घटनाः २

२०७६ असार १६ मा आफ्नो ‘प्रेम’ मा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका, खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन् । ईश्वरी आफ्ना श्रीमान् हुँदाहुदै भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्धमा थिइन् । उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन् । नैसाफ र ईश्वरीको चिनजान र भेट पनि ‘फेसबुक’ ले नै जुराएको थियो ।

कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन् । आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटक–पटक सम्झाएकी पनि थिइन् । तर, छोरी नै आमाको ‘काल’ बनिन् । भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले ‘प्रेमी’ नैसाफको योजनामा आमाको हत्या गरेकी थिइन् ।

घटनाः ३

२०७६ माघ २४ मा मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्‍यो । प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका– ६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो । परियारको हत्याको आरोपमा सप्तरी जिल्लाको मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका– ३, पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो ।

साहले प्रहरी बयानमा सम्झनाले विवाह गर्न आफूलाई पटक–पटक दबाब दिएकै कारण आवेगमा आएर माघ २१ मा हत्या गरेको बयान दिए । विवाह नगरे दुई जनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए । दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि ‘रिलेसनसिप’ मा थिए । सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरेको थियो । सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो ।

यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराध–शृंखलाका केही उदाहरण मात्र हुन् । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मन मिलुन्जेल अवैध सम्बन्ध ठीक तर सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ । यतिसम्म कि अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा त्यो सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको खबर सुवास गोतामेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर