newskoseli.Com

४३ जिल्लामा निषेधाज्ञा र लकडाउन : बढ्दो कोरोना संक्रमण

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयार गर्न, क्वारेन्टाइन बनाउन, प्रभावकारीरुपमा निषेधाज्ञा कार्यान्वयन गर्न निर्देशन दिएको हो । ‘संक्रमण बढ्दै गएको छ, धेरै जिल्लामा आइसोलेसन बेडको अभाव छ । यसको आवश्यक प्रबन्ध गर्न हामीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई भनेका छौं’– प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

मन्त्रिपरिषद्को बैठकबाट आउने निर्णय कार्यान्वनमा लैजान निर्णय कुरिरहेको प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए । बिहीबार साँझ सुरु भएको मन्त्रिपरिषदको बैठक राति अबेरसम्म चलेको थियो ।

गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरी ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेका छन् । ‘अत्यावश्यक सेवा र खाद्यान्न अभाव नहोस्, कोही–कसैले खाद्यान्न नपाएको र कालोबजारी गरेको गुनासो नआओस् भन्नेतर्फ मन्त्रालय सचेत छ । त्यहीअनुसार प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ’– गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले भनेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर