newskoseli.Com

सहिद कृष्ण सेन ‘इच्छुक’ को घर पूर्णरुपमा भत्कँदै : किन भएन संरक्षण ?

‘दाङको भालुवाङ बजारबाट राप्ती नदी तरेपछि बाँयातर्फ रहेको सानो झुप्रो घर । तर, सबैले सहिदको घर भन्थे, रोक्थे, हेर्थे, फोटो खिँच्थे । अहिले त्यो घर पनि रहेन, घर ढलेको छ, इँट्टा–ढुङ्गा यत्रतत्र भएका छन् । सहिद घर भनेर भन्दा धेरैले स्याहार पुगेन भन्छन् ।’

यो भनाइ दाङसँग सीमा जोडिएको अर्घाखाँची जिल्लाको शीतगङ्गा गाउँपालिका– ८, शातमारा निवासी पूर्ण घर्तीको हो । उनले भनेजस्तै सहिदको घरमा स्याहारसुसार हुन्छ, सालिक बन्छ, ऐतिहासिक गतिविधि हुन्छन् । तर, साहित्यकार एवं पत्रकारका रुपमा सुपरिचित सहिद कृष्ण सेन ‘इच्छुक’ को घर र सम्पत्ति हेर्दा सबैको मन भक्कानिन्छ ।

हरेक परिवर्तनको साक्षी रहेको सहिद इच्छुकको घरले उनको सपना र मार्ग पछ्याएर हिँड्नेलाई कतै गिज्याइरहेको त होइन भन्ने भान हुन्छ । सोही ठाउँमा इच्छुक प्रतिक्षालय र हाइवेमा प्रवेशद्वार निर्माण भएका छन् । अर्घाखाँची क्षेत्रमा पनि प्रवेशद्वार र इच्छुकसँग सम्बन्धित अन्य गतिविधि भएका छन् । सहिद कृष्ण सेन ‘इच्छुक’ को थातथलो मासिँदै जाँदा समेत संरक्षण हुन सकेको छैन । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका– ८, सातमारामा पर्ने सहिद इच्छुकको घर अहिले पूर्णरुपमा भत्केको छ ।

पश्चिम क्षेत्रबाट राप्ती नदीले जग्गा कटान गर्दा र बड्कापथ कुलो सिँचाइ योजना निर्माण गर्दा जग्गा मासिँदै जान थालेको छ । सहिद कृष्ण सेन ‘इच्छुक’ को घर–सम्पतिको संरक्षण गर्नका लागि स्थानीय सरकारले थालेको प्रयास जग्गाको स्वामित्वका कारण सफल हुन सकेको छैन ।

वडास्तरबाट इच्छुकको थातथलोको संरक्षण गर्न पहल भए पनि परिवारमा जग्गाको अंशियारमा समस्या भएकाले समस्या भएको अर्घाखाँची शीतगङ्गा नगरपालिका– ८ का वडा अध्यक्ष रुकेश आलेले बताए । ‘वडाले त्यस क्षेत्रको गुरुयोजना बनाएर पार्क, इच्छुक सङ्ग्रहालय बनाउने योजना थियो, जग्गा स्वामित्वकै कारण गर्न सकिएको छैन’– उनले भने ।

दाङको भालुवाङ पुलको पूर्वोत्तर क्षेत्रमा रहेको उक्त जग्गाको क्षेत्रफल करिव पाँच रोपनी छ । जग्गा इच्छुकका बुबा भीमबहादुर सेनको नाममा छ । बुबाको मृत्यु भइसकेका कारण इच्छुकका भाइका छोरा–छोरी र श्रीमती तक्मा केसी जग्गाको अंशियार हुन् । उनीहरु अहिले काठमाडौं बस्दै आएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर