newskoseli.Com

निषेधाज्ञाले ‘शान्त’ काठमाडौं : कोरोनाविरुद्ध एकताबद्ध राजधानी

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको पहिलो र दोस्रो दिन बिहीबार जनजीवन ठप्प पारेर ‘कोरोनाविरुद्ध एकता’ देखाइएको छ ।

सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञालाई केही अपवाद छाडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र वस्तीमा चहलपहल शूून्य बनेको छ । बुधबार राति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ ।

राजधानीमा निषेधाज्ञाका झलकहरू हेर्नाेस् तस्बिरमा–

सबेरै ४ बजे सडकमा सुरक्षाकर्मी परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ । तीनवटै जिल्लामा गरी निषेधाज्ञा उल्लङ्घन गर्ने करिव ३ हजार सवारी साधनसहित चालकलाई कारबाही गरिएको छ । त्यस्तै, १ हजार २ सय २० जनालाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा एक घन्टा राखेर कारबाही गरिएको छ ।

विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले बताए । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् । आफूखुसी सञ्चालनमा आएका सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी समेत जोखिममा रहेको उनले बताएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर