newskoseli.Com

कति हो सगरमाथाको नयाँ उचाइ ? घोषणा गर्न चीनसँग समन्वय हुँदै

विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले आझैं भने सगरमाथाको उचाइ पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।

उचाइ नाप्ने काम सकिएको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’– सहसचिव डंगोलले भने । चीनसँग संयुक्तरूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । नयाँ उचाइ कति भनेर उनले खुलाएनन् ।

नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ रहेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर