newskoseli.Com

कोरोनाबाट नेपालमा एकै दिन सबैभन्दा बढी मृत्यु : आईसीयू र भेन्टिलेटरमा बढ्दाे चाप

सांकेतिक तस्बिर

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ । कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

१५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर