newskoseli.Com

घटेन उपत्यकामा कोरोनाको जोखिम : निषेधाज्ञाबीच भेटिए झन् धेरै सङ्क्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका थप २१६ सङ्क्रमित देखिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो ।

शुक्रबार १७२ जनामा कोरोना देखिएकामा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको छ । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कूल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा( जागेश्वर गौतमले जानकारी दिए ।

निषेधाज्ञाले पनि घटेन जोखिम

निषेधाज्ञा जारी गरे पनि काठमाडौंमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । काठमाडौंमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी जनस्वास्थ्यविदले दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौं उपत्यकालगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको उनीहरूको आरोप छ ।

भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओसजस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय–कलेज सञ्चालन भएर जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ रहेको खबर सरोज ढुङ्गेलको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर