newskoseli.Com

कोरोनाबाट ८ दिनमा ५६ को मृत्यु : यस्ताे छ मृतक संख्या र विवरण

नेपालमा कोरोना संक्रमितको मृत्युु हुने क्रम बढ्दै गएको छ । समुदायस्तरमा परीक्षण नगरी सरकारले हचुवाका भरमा संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो बनायो । त्यसैको परिणामस्वरूप मृत्युदर बढेको विज्ञहरूको अनुमान छ ।

व्यापारीहरूको दबाबमा बजार खोलियो, सार्वजनिक यातायात खुला गरियो यसले झन् संक्रमण फैलियो । लकडाउन खुकुलो बनाएपछि नै संक्रमण र मृत्युदर ह्वात्तै उकालो लागेको देखिन्छ । पहिल–पहिलेका संक्रमित धेरैजसो भारतबाट आएका थिए । उनीहरू भारतका विभिन्न सहरमा रोजगारी गर्थे । रोजगारी गर्न गएका युवा बलिया र स्वस्थ भएकाले संक्रमणबाट उम्किन सहज भयो । तर, अहिले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ र वृद्धवृद्धा, बालबालिकालगायत विभिन्न रोगबाट ग्रसित मानिस प्रभावित बन्न थाले ।

उनीहरूमा स्वाभाविकरूपमा कोरोनाभाइरसलाई जित्न सक्ने क्षमता नहुँदा पछिल्लो समय संक्रमण र मृत्युदर बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘संक्रमण बिस्तारै भित्रभित्रै समुदायतिर गइरहेको छ, टोल तथा परिवारमा छिरिसकेको छ,’ डा. पुनले भने– ‘पहिले संक्रमण समुदायस्तरसम्म पुगेको थिएन र मृत्युदर कम थियो; विशेषगरी लकडाउन खुकुलो बनाएपछि संक्रमणको हटस्पट बनेका ठाउँबाट मानिस यत्रतत्र आवतजावत गर्दा अन्यत्र फैलियो । उमेर पुगेका र दीर्घरोगीसम्म संक्रमण पुगेपछि उनीहरूले त्यसलाई जित्न नसक्दा मृत्यु संख्या दिनदिनै बढिरहेको मेरो अनुमान छ ।’

नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु जेठ ३ गते पुष्टि भएको थियो । साउनमा मृत्युदर बढ्यो । जेठमा कोरोनाबाट १९ जना र असारमा २० जनाको मृत्यु भयो । साउन २१ सम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको थियो । तर, यो संख्या ह्वात्तै बढेर भदौ ८ मा १ सय ६० पुगेको छ । पछिल्ला १९ दिनमा एक सय जनाको मृत्यु भएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर