newskoseli.Com

सबै कुरा ‘फोटोकपी’ गरेर फेरि एमाले !

सत्तारुढ नेकपा विभाजन भइहाल्ने खतरा टाढा देखिन्छ तर अहिलेको मूल पार्टी विभाजित गररे पुरानै नेकपा (एमाले) व्युँताउने र चुनाव चिह्न ‘सूर्य’ बनाउने गरी चलखेल भएको चर्चा थियो । नभन्दै नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य ।

चर्चा गरिँदैछ कि चुनाव चिह्न त्यही हो । तर, निर्वाचन आयोगलाई व्यवस्थापन गर्न बनेका ऐन र कानुनहरूले नयाँ उदाउँदो सूर्यलाई नयाँ एमालेको चुनाव चिह्न मान्न सक्दैन । कुनै तहको निर्वाचन घोषणा गर्ने क्रमको एउटा कार्यक्रम हुन्छ चुनाव चिह्न प्रदान गर्ने । अहिले देशमा कुनै तहको निर्वाचनका कार्यक्रम प्रकाशित छैनन् । तर, राजनीतिक दलहरूको दर्ता, एकीकरण र विभाजनका सूचना भने कुनै पनि समय खुला रहन्छ । एमाले दर्ता भएको पनि त्यही व्यवस्थाभित्र हो ।

निर्वाचन आयोग स्रोतका अनुसार नयाँ एमालेका लागि अनुमोदित भएको ‘दुई डाँडाबीचको उदाउँदो सूर्य’ चुनाव चिह्न नभएर उक्त दलको संकेत चिह्न (ट्रेडमार्क) अर्थात् लोगो मात्रै हो । राजनीतिक दल दर्ता गर्नुपूर्व उक्त दलको बैठकले तोकेका पदाधिकारी, विधान, राजनीतिक दस्तावेज, केन्द्रीय कार्यालयको ठेगानासँगै नाम, झन्डा र संकेत चिह्न (लोगो) पनि पेस गर्नुपर्छ । त्यही क्रममा एमाले नाममा दल दर्ता गर्ने सामग्री पेस गर्न गएकाहरूले त्यस्तो संकेत चिह्न पेस गरका थिए ।

तर, राजनीतिक दल दर्ता गर्न आवेदन गरिएको ४५ दिनभित्र दर्ता हुने वा नहुने कुराको छिनोफानो लागिसक्नुपर्ने कानुनी व्यवस्था भने नयाँ एमालेका सन्दर्भमा लागू नभएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर