newskoseli.Com

हौसिने, मच्चिने र थच्चिने वामदेवलाई के भयो यसपटक ?

माओवादीलाई ‘शान्ति प्रक्रियामा ल्याउने’ र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको ‘योगदान’ लाई कम आँक्नु हुँदैन र कम आँक्न मिल्दैन पनि । उनी त्यो बेला समेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी भएकै हुन् । एक्लो प्रयासमा पनि उनले ‘शान्ति प्रक्रिया’ को अभियान नै छेडे ।

तर, दुई वर्षअघि ओवादी केन्द्रसँग एमालेको ‘एकता हुँदैछ’ भन्ने भेउ समेत तिनै गौतमलाई दिइएन । आफूलाई विभिन्न आरोप लागेका बखत पनि गौतमले मेहनत गर्न छाडेनन् । माओवादीलाई नजिक ल्याउन खोजेवापत माओवादीकै पिछलग्गू बनेको आरोप लगाइयो । उनै गौतमले कहिले ‘माओवादीलाई ठेगान लगाउन’ आतंककारी विधेयकको समेत नेतृत्व गरेका थिए । पछि फेरि त्यही माओवादीसँग मिल्नुपर्छ भन्दै पार्टीभित्र चर्को लबिङ गर्न पुगे ।

गौतमका ती गतिविधिमाथि प्रहार गर्ने समय ढुकेर बसेका एकथरीले माओवादीको पिछलग्गू र माओवादीपरस्त भनेर लामो समयसम्म खेदिरहे । तर, पार्टी एकता गर्दा तिनै ‘एकथरी’ ले उनै गौतमलाई भाउ दिएनन् । २०७५ जेठ ३ मा पार्टी एकीकरण भयो । आफूलाई अपमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटीको बैठकमा उनले पार्टी एकीकरण गर्नु नै गलत भएको धारणा व्यक्त गरे । पार्टी एकीकरणको औचित्य नै नरहेको भन्दै फरक मत राख्ने ठाउँसम्म गौतम पुगे ।

अहिले फेरि विघटनको डिलमा पुगेको खड्ग ओलीको सरकार वामदेवकै जोडबलले अडिएको छ । दुईवटा पदमध्ये एउटा छाड्न लगाउने अभियान उत्कर्षमा पुगेका बखत एकाएक प्रचारमा ल्याइएको ‘छबुँदे मिलन सूत्र’ भित्रीरूपमा वामदेवकै भने थिएन किनकि उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो । त्यसरी ओलीलाई फेरि एक पटक ‘अभयदान’ दिने नेतालाई पार्टीभित्रको विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अत्तोपत्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलका सम्बन्धमा समेत उनलाई अलपत्र पारियो र नराम्रोसँग ठगियो ।

गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, मच्चिने र थच्चिने हो । त्यतिले नपुगेर आफूले विगतमा गरको कुरा समेत आफैंले थाहा नपाउने उनको स्थिति रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर