newskoseli.Com

संक्रमित बढेको बढ्यै : उच्च जोखिममा काठमाडौं !

देशको राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिए । राजधानीमा केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ । बुधबारसम्मको तथ्यांकअनुसार नै यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगिसकेको छ ।

उपत्यकाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका तथा कीर्तिपुर र चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन् । त्यसो त यहाँका अन्य स्थानीय तहमा पनि कोरोना त फैलिएकै छ । सरकार र नागरिक दुवैको कमजोरीले काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा परेको विज्ञहरू बताउँछन् ।

लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु राजधानी जोखिममा पर्नुको मुख्य कारण भएको शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले बताए । ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे,’ डा. पुन भन्छन्– ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन, लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्, उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए; विनापरीक्षण नै काममा गए, यसबाट पनि एक प्रकारले जोखिम बढ्यो ।’

बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो र परीक्षण ग¥यो तर बाहिरी जिल्लाबाट राजधानी आउनेलाई भने क्वारेन्टाइनमा राखिएन, उनीहरूको परीक्षण पनि गरिएन । सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु पनि वर्तमान समस्याको अर्को कारण भएको उनले बताए । ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपर्थ्यो,’ उनले भने– ‘सरकारले रणनीति बनाउनुपर्थ्यो, त्यो काम भएन, पुरानै तरिकामा चल्यो ।’

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले । व्यापार–व्यवसाय पनि चलाउन थालिए, मजदुरहरू काममा लागे । तर, कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन, यो प्रक्रिया पनि संक्रमण फैलिनुको अर्को कारण बनेको खबर उपेन्द्र अर्यालको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर