newskoseli.Com

‘कोरोना रोक्ने’ कमान्डरहरु नै आइसोलेसनमा : सरकारी संरचना झन् अस्तव्यस्त

गृहमन्त्री रामबहादुर थापा र विनाविभागीय मन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको फाइल तस्बिर ।

कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले गठन गरेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का नेतृत्वकर्ता (कमान्डरहरू) नै आफैं आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल तथा प्रधान सेनापति पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम आइसोलेसनमा बसेका हुन् । मन्त्रीहरूसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरूको पनि पीसीआर परीक्षण गरिए पनि उनीहरूको नतिजा आउन बाँकी छ । नतिजा नआउँदासम्म उनीहरू होम आइसोलेसनमै बस्नेछन् ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उनीहरू गत आइतबार छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको सीसीएमसीको सचिवालयमा बैठक बसेका थिए । सीसीएमसी सचिवालयमा कार्यरत (मन्त्री र उच्चाधिकारीहरूलाई चिया खुवाएका) एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सीसीएमसीका प्रमुख अधिकारी तथा महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रणका सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ । कोभिड– १९ को महामारी तीव्ररूपमा फैलँदै गर्दा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय झनै सक्रिय हुनुपर्नेमा सक्रियता कम देखिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । रक्षामन्त्रीको नेतृत्वमा रहेको सो संयन्त्रलाई खारेज गरेर सरकारले सीसीएमसीलाई सक्रिय बनाउँदै आएको छ । कोरोना रोकथाम उच्चस्तरीय संयन्त्र खारेज गरेर सरकारले सीसीएमसीमा मन्त्रीहरूलाई थप गरेको थियो । सोही कमिटी यतिबेला झन् अस्तव्यस्त बनेको खबर  टेनिस रोकाको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर